क्यानडासंगको एकदिवसीय श्रृंखला नेपालद्धारा क्लीन स्वीप

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, माघ २९

क्यानडासंगको एकदिवसीय श्रृंखला नेपालले ३-०ले क्लीन स्वीप गरेको छ । काठमाण्डौंमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले श्रृंखला क्लीन स्वीप गरेको हो । 

किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले औं ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । २३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका दुई ब्याटरले सतक प्रहार गरे । ओपन र अनिल शाहले १२४ बलमा २ छक्का र १२ चौकाको मद्दतमा ११२ रन र तेस्रो क्रममा ब्याटिंग गर्न आएको भिम सार्कीले १२९ बलमा १ छक्का र ११ चौकाको मद्दतमा १०१ रन बनाएर नेपाललाई जित दिलाए । अर्का ओपनर कुशल भुर्तेलले १३ रन जोडे । बलिंगमा क्यानडाका लागि एक मात्र सफलता डिल्लन हेलिगरले प्राप्त गरे । 

यसअघि टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको नेपालले नियमित फास्ट बलर सोमपाल कामीलाई विश्राम दिएको खेलमा क्यानडालाई २३२ रनमा रोकेको थियो । क्यानडाले निर्धारित ५० ओभर पुरै खेलेर ८ विकेट गुमाउदै २३२ रन जोडेको हो । क्यानडाका ओपनर नवनित धारीवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए । यस्तै श्रीमन्था विजयरत्नेले २२, हरिस ठक्करले २९, श्रेयस मोभाले २५ र सादविन जाफरले ३१ रन बनाए । 

नेपालका लागि वन डे क्रिकेटमा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिए । यस्तै कुशल मल्ले २ तथा आकास चन्द र ललित राजबंशीले १,१ विकेट लिए । 


नेपालले यसपछि लिग २ अन्तरगत नामिविया र नेदरलैण्डसंग त्रिदेशिय श्रृंखला खेल्नेछ । 


प्रतिक्रिया