लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक छ : राष्ट्रपति

Jhalkonepal

काठमाडौँ, जेठ २५   राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको

आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अन्तरव्यवस्थापिका मञ्च नेपालको भेलाका निष्कर्ष घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति पौडेलले नैतिक अधिकारको सम्मान गर्ने संस्कारले नै लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्ने बताउनुभयो उहाँले भन्नुभयो, “मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर हामीकहाँमोरल अथोरिटीको सम्मान गर्ने संस्कार बसिसकेको छैन

उहाँले राजनीतिक दलहरुको भूमिका जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै निश्चित सीमा मर्यादामा रहेर दलहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो अति दलबन्दीले कहिलेकाहीँ अप्ठेरो पार्छ, यसले निमुखाको न्याय मार्छ, त्यसैले निश्चित सीमा मर्यादामा रहेर मात्र दलहरुले भूमिका निर्वाह गर्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो यस्तै, नेपालको संविधानले महिला, दलित, जनजाति, अल्पसङ्ख्यक निमुखा नागरिकलाई दिएको अधिकार अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको दक्षिण एसियामा हाम्रो संविधान उत्कृष्ट रहेको उहाँले भन्नुभयो  

 एकअर्कोप्रसंगमा राष्ट्रपति पौडलले संसद्को नेतृत्वकर्ताको भूमिका लोकतन्त्रका लागि महत्वपूर्ण हुने भएकाले सधैँ तटस्थ भूमिका निर्वाह गर्न सुझाव दिँदै राजनीतिक दलहरुले पनि नेतृत्वप्रति पूर्वाग्रह राख्न नहुने बताउनुभयो  उहाँले संसद्को काम सरकार  कानून निर्माणजनसरोकारका मुद्दाहरूको सम्बोधननागरिक अधिकारहरूको संरक्षणलोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितता  सरकारमाथि निगरानी गर्ने बताउनुभयो  “हाम्रो संविधानले विधायिकी अधिकार सङ्घप्रदेश  स्थानीय तहमा विभाजन गरेको ,  विधायिकी जिम्मेवारी निकै गहन  बहत् हुन्छ भन्नेमा हामीहरू जानकार नै छौँ  त्यसैले तिनको परिपालना गर्न सबै गम्भीर बन्न आवश्यक ”, उहाँले भन्नुभयो 

 

प्रतिक्रिया