क्यानले बोलायो ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा, को को परे ?

Jhalkonepal

काठमाडौं, असार २९

नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी-२० विश्वकप एसियाली तथा पूर्वी एसियाली क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि अलराउन्डर मोहमद आदिल अन्सारीसहित ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङ गरेको आरोपमा आदिललाई २८ महिना प्रतिबन्ध लगाइएको थियो। तर, २२ बैशाखमा उनीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का अनुसार नेपालले छनोट प्रतियोगिता अन्तर्गत पहिलो चरणको प्रतिस्पर्धामा कुवेत र जापानको सामना गर्नेछ।

नेपाल रहेको समूहमा कुवेत र जापान छन्।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरु:

रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भिम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतीस जिसी, ललित राजवंशी, कमल सिंह ऐरि, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दीपेन्द्र सिंह ऐरि, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहम्मद आदिल अलाम, पवन शराफ, शेर मल्ल, शुभ कंसाकर, अर्जुन घर्ती

प्रतिक्रिया