काठमाडौँ, माघ ९
आइसिसी यू- १९ टी- २० महिला विश्वकप
क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा
गर्दैछ।
मलेसिसाको बांगीस्थित वाइएसडी-युकेएम क्रिकेट ओभलमा १२
बजेदेखि सुरु हुने खेलमा सुपर सिक्सको आसा कायम राख्न जित्दै पर्ने दबाब रहेको छ।
नेपालले
यसअघि आफ्ना सुरुवाती दुवै खेलमा पराजित भएकाले ‘सुपर सिक्स’ सम्भावनालाई जिवित
राख्न अस्ट्रेलियालाई हराउनु पर्ने चुनौती छ। प्रतियोगितामा नेपाल पहिलो खेलमा
बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
दोस्रो
खेलमा स्कटल्याण्डसँग जित नजिक पुगेपनि एक विकेटले पराजित भयो। टस जितेर पहिले
ब्याटिङ गर्दै सामान्य लक्ष्य दिएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि
अन्तिम विकेट लीन नसक्दा प्रतियोगितामा जितविहीन हुने खतरा बढेको छ।
अन्तिम
विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्व कपमा पहिलो जित
निकाल्ने अवसरबाट चुकेको थियो। अस्ट्रेलियाले बंगलादेश र स्कटल्याण्ड दुवैलाई
पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर सुपर सिक्समा पुगि सकेकाले नेपालका लागि
यो खेल अर्थपूर्ण हुनेछ।
बंगलादेश
र स्कटल्याण्ड दोस्रो र तेस्रो स्थानमा छ। सुपर सिक्समा पुग्नका लागि समूह चरणमा
कम्तीमा एक खेल जित्न आवश्यक रहन्छ।
८ माघ २०८१, बुधबार ०९:५७ मा प्रकाशित