प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल आज हुँदैछ हुँदैछ । छैटौं संस्करणको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ : १५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो । पुलिसले लिगका सबै ९ खेल जितेको थियो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । लिग चरणमा आर्मी पुलिससँग भैरहवामा १३ रनले पराजित भएको थियो ।
१९ माघ २०८०, शनिवार ०७:३७ मा प्रकाशित