सुभेष सिनाल
काठामाण्डौ, कार्तिक ६
त्रिदेशीय टि२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले १६५ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले युएईलाइ ब्याटिंगको निम्तो दिएको नेपालले शुरुवाती सफलता पाए पनि युएईलाइ रोक्न सकेन । पहिलो दुइ विकेट सस्तो मै गुमाए पनि युएईले सम्हालिएर खेल्दै ७ विकेटको क्षतीमा १६४ रन बनाएको हो । युएईका यस्तै भरित अरबिन्दले सम्हालिएर खेल्दै ४५ रनको पारि खेल्दै आफ्नो टिमको आधार तयार गरेका थिए जसलाइ बसिल हमिदले १९ बलमा ४५ रनको आक्रमक परिले १६४ रन सम्म पुगायो । यस्तै आसिफ खानले १८ र शालिद शाहले १२ रन जोडेका थिए ।
नेपालका तर्फबाट सोमपाल कामी र अविनास बोहराले २,२ विकेट लिए भने करण केसील र गुलशन झाले १,१ विकेट लिएका थिए । युएईका एकजना ब्याटर रन आउट भएका थिए ।
१६५ रनको लक्ष्य पछ्याउन नेपालले केही बेरमा ब्याटिंग गर्ने छ । यस अघिका ३ खेलमा लगातार जित हासिल गर्दै नेपाल पहिले नै फाइनलमा पुगिसकेको छ ।