काठमाडौँ, असार ३१
सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने , दर्शकका लागि बस्ने लागि प्याराफिट लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा
फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ ।
३१ असार २०८१, सोमबार ०७:३४ मा प्रकाशित