काठमाण्डौ, जेठ १६
रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।
पञ्जाब किंङ्सलाई ८ विकेटले हराउँदै आरसिबी फाइनलमा पुगेको हो। जितको लागि १ सय २ रनको लक्ष्य आरसिबीले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
ओपनर फि साल्ट अविजित ५६ रनमा रहे । उनले मात्र २७ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । मयांक अग्रवालले १९ रन बनाए।
कप्तान रजत पाटिदार अविजित १५ रनमा र विराट कोहलीले १२ रन बनाए । बलिङमा क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए।
पञ्जाबले फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ ।पञ्जाबले इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। शुक्रवार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ ।
१६ जेठ २०८२, शुक्रबार ०५:५० मा प्रकाशित