आज तामाङ समुदायको सोनाम ल्होसार

Jhalkonepal

काठमाडाैं, माघ २७

 तामाङ समुदायले आज सोनम ल्होसार पर्व मनाउँदैछन्। तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।यसैबिच राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिनुभएकाे छ  ।


प्रतिक्रिया