विद्यालय नर्सिङ सेवा कार्यक्रम खारेज गर्दै विद्यालय दूत नियुक्ति गर्ने नयाँ निर्देशिका

Jhalkonepal

काठमाडौं, पुस २४


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने व्यवस्था सहितको नयाँ निर्देशिका ल्याएको छ ।

मन्त्रालयले यसअघिको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम निर्देशिका २०७६ खारेज गर्दै विद्यालय दूत नियुक्ति लगायतका विषय थप गर्दै नयाँ निर्देशिका ल्याएको हो।

नयाँ निर्देशिका अनुसार विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धानात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूत नियुक्ति गरिने छन्।

अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन्। 


प्रतिक्रिया