एनपिएलको ट्रफी पुग्याे जानकी मन्दिर

Jhalkonepal

जनकपुर, पुस १२

 नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी जानकी मन्दिरमा पुगेको छ । गत शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुर बोल्ट्स आफ्नो होम टाउनमा ट्रफी घुमाउने क्रममा पहिलो दिन जनकपुरधामको नगरपरिक्रमा गर्दै जानकी मन्दिरमा पुगेको छ।

शुक्रबार दिउँसो करिब १ बजे निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निस्केको विजय जुलुश विभिन्न चोक हुँदै साँझ करिब ६ बजे जानकी मन्दिरमा पुगेको हो।

जनकपुर बोल्ट्स टिमका कप्तान अनिल साहलगायत टिमका नेपाली खेलाडी र हजारौँको संख्यामा सहभागी समर्थकहरु नगरको विभिन्न चोकमा घुम्दै मन्दिरमा पुगेका हुन्।

 

प्रतिक्रिया