काठमाडौँ, भदाै ९
शनिबार बिहान ८ बजे सार्वजनिक भएको गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ ले एकै दिनमा
सबैभन्दा बढी भ्युज पाउने नेपाली गीतको रेकर्ड राखेको छ । यस गीतले २४ घण्टामै १४
लाख भ्युज पाएर सो रेकर्ड कायम गरेको हो ।
सामाजिक सञ्जालका माध्यमबाट पनि यस
गीतले सकारात्मक चर्चा बटुलिरहेको छ । पछिल्लो समय युट्युबमा सार्वजनिक भएका अन्य
गीतलाई लिएर चर्को आलोचना भइरहेको छ । खासगरी अश्लीलता र समाजमा अपाच्य हुने
शब्दहरू भएका गीत ल्याएको भन्दै गीतको आलोचना भइरहेको थियो । त्यही समयमा मौलिक
भाकाको तीज गीत ल्याइएको भन्दै माझीको यस
गीतको चर्चा भइरहेको छ ।
गायिका
माझीले यस वर्ष यो गीत ‘पुतलीको भट्टी भाग-२०’ का रूपमा ल्याएकी हुन् । गीत र
सङ्गीत सुन्दरमणि अधिकारीले तयार पारेका हुन् भने यसलाई सपना म्युजिक
इन्डस्ट्रिजले निर्माण गरेको हो ।