इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन खेल हुँदै

Jhalkonepal

काठमाण्डौ, पुस १८
इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ । पहिलो खेलमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ ।
यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पाेर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । यही  पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।
 

प्रतिक्रिया