काठमाडौ , बैशाख २
नेपाली फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छ । झुमा लिम्बु र सुजन चापागाईंको स्वमा रहेको गीत सार्वजनिक गरिएको हो ।
युवराज काफ्लेको शब्द रहेको गीतमा गायिका समेत रहेकी लिम्बुको संगीत छ । हाक्पारे भाकासङ मिल्दोजुल्दो गीत अहिले टिकटमा निकै चर्चामा रहेको छ ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बुको अभिनय छ । ऊनको स्विटर बैशाख २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको सो गीतका रचनाकार युवराज काफ्लेले बताउनु भयो ।
१ बैशाख २०८२, मङ्गलबार ०४:०५ मा प्रकाशित