बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवकोटाले पदभार ग्रहण गर्दै

Jhalkonepal

मकवानपुर, साउन १८

बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । प्रदेश प्रमुख देवकोटाले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने तयारी रहेको छ ।

गत श्रावण १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटा सहित लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

देवकोटा बागमतीका चौंथो प्रदेश प्रमुख हुनुहुन्छ । निवर्तमान प्रदेश प्रमुख शर्माको बिदाई कार्यक्रम पनि आजै राखिएको छ ।

 

प्रतिक्रिया