मधेशका मुख्यमन्त्री द्वारा ८ जना राज्यमन्त्रीहरु बर्खास्त

Jhalkonepal

काठमाण्डाै, साउन २९

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ । मधेश प्रदेशमा मन्त्री १२ जना र ८ जना राज्यमन्त्री गरेर २० जना मन्त्री बनाएपछि चौतर्फी आलोचना भइरहेको थियो ।

चौतर्फी आलोचना र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण सोधेपछि मुख्यमन्त्री सिंहले आज ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । मधेशमा नेकपा (एमाले) का तीन, नेपाली कांग्रेस र जनमतका दुई/दुई जना र लोसपाका एक राज्यमन्त्री थिए । अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री रहेका छन् ।

प्रतिक्रिया