गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

Jhalkonepal

काठमाण्डौ, भदौ १३ 

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको बताउनु भएको  छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया जान लाग्दा  भिसा दिन अस्वीकार गरेको सिन्धु मल्लले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो । कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्य गर्दिनाले  आफूले भिसा नपाएको हुन सक्ने गायिकाले उल्लेख गर्नुभएको छ ।

  आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलयाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आप्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराउनुभएको छ यस अघि अर्कि गायिका समिक्षा अधिकारीको भिसा रद्ध भएको थियो ।

प्रतिक्रिया