नेपाल पहिलो खेलमा ६ विकेटले पराजित

Jhalkonepal

काठमाडौँ, फागुन २४

चार देशीय महिला टी–२० शृङ्खला ‘वुमन्स डे टी–२० कप’को पहिलो खेलमा नेपाल शनिबार नामिबियासँग डकवर्थ लेविस (डी/एल) मेथडका आधारमा ६ विकेटले पराजित भएको छ । वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा नामिबियाले पाएको ७१ रनको लक्ष्य मात्र ४ विकेटको क्षतिमा पछ्याएको हो ।

नामिबियाको जितमा मेकेलाये एमवाटिलेले सर्वाधिक २६ रनको योगदान दिइन् । उनले ३ चौका प्रहार गरिन् । त्यस्तै, जुरिएन डिएरगार्डटले नट आउट रहेर १३ रन बनाउँदै टोलीलाई जित दिलाइन् । नेपालका लागि पूजा महतो, कविता जोशी, इन्दु वर्मा र ईश्वरी विष्टले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो ।


प्रतिक्रिया