एसियाली खेलकदु क्रिकेट ः माल्दिभ्सलाइ १३८ रनले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा

Jhalkonepal

हांग्जाउ, असोज १४

चीनको हांग्जाउमा चलिरहेको १९ औ एसियाली खेलकदु प्रतियोगिताको समुह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाइ १३८ रनले पराजित गरेको छ । अविनास बोहरा चम्के पछि नेपालले माल्दिभ्सलाइ ७४ रनमा अल आउट गरेको हो । खराब शुरुवात गरेको माल्दिभ्सले अन्तिम ओभर सम्म खेललाइ लम्ब्याएका थिए । अविनास बोहराले ३. ४ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।


यस्तै २ ओभर बलिंग गरेका सोमपाल कामीले २ रन खर्चेर १ विकेट लिएका थिए । सोमपालले नेपाललाइ इनिंगको दोस्रो बलमै सफलता दिलाएका थिए । नेपाली बलरमा आफ्नो स्पेलको सबै ४ ओभर संदिप लामिछानेले मात्र गरेका थिए उनले १६ रन खर्चेर १ विकेट मात्र लिए । नेपालका तर्फबाट कुशल भुर्तेल र गुल्सन झाले पनि १,१ विकेट लिएका थिए । 

ब्याटिंग तर्फ माल्दिभ्सका मुवावैथ गनीले ३६ रन बनाए पनि अन्य ब्याटरहरुले रन बनाउन सकेनन । ओपनर फरिद सयिस १० र रसिद रशमले १२ रन बनाउनु बाहेक अरु सबै ब्याटर शुन्यमा आउट भएका थिए । 

यस अघि टस हारेर नेपालले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको छ । नेपालका तर्फबाट कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाएर आउट भए । आसिफ सेख ६ रनमा आउट हुदाँ टिममा पुनरागमन गरेका विनोद भण्डारी १५ बलमा १३ रन बनाएर आउट भए । यस्तै संदिप जोरा ४ रनमा आउटा हुदाँ गुल्सन झा ३५ रनमा आउदा हुदाँ कप्तान रोहित पौडेल ५२ रन बनाएर रन आउट भएका थिए । त्यसपछि ब्याटिँगमा आउका कुशल मल्लले आक्रमक ब्याटिंग गर्दै २० बलमा ४७ रन बनाए । अघिल्लो खेलमा ९ बलमा अर्धशतक बनाएका दिपेन्द्र सिंह ऐरी २ बलमा ६ रन बनाएर आउट भए । 

यो जित संगै नेपाल क्वाटरफाइनलमा  प्रवेश  गरेको छ। 


प्रतिक्रिया