प्रधानमन्त्री द्धारा वरिष्ठ गायक तथा संगीतकार आचार्यप्रति श्रद्धाञ्जली व्यक्त

Jhalkonepal


काठमाडाैं , फागुन १५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ ।  सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे  हाे । आचार्यको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयाे । 

प्रतिक्रिया