काठमाडौ ,असार २०
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा माथीबाट ढुङ्गा खसेर लाग्दा एकै घरका दिदी बहिनीको मृत्यु भएको छ।
हिजो बेलुका ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र उनकी बहिनी १४ वर्षीया चमेलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बाख्रा चराउन गएका दिदीबहिनीकोलाई ढुंगा खसेर लागेको थियो ।
१९ असार २०८२, शुक्रबार ११:३३ मा प्रकाशित