नेप्से परिसूचक ५६.०९ अंकले वृद्दि,अघिल्लो दिनको तुलनामा कारोबार भने कमी

Jhalkonepal

काठमाडौं, असोज २०

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ। 

यसदिन नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा बन्द भएको छ। 

आजको कारोबार रकम भने बुधबारको तुलनामा केही घटेको छ।

गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब ७७ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब १३ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ कमी आएको हो।

आज ३०८ वटा धितोपत्रको एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको हो।


 

प्रतिक्रिया