काठमाडाै , फागुन १४
१४ किलो सुन तस्करीमा जाेडिएका जीवनकुमार गुरुङ पक्राउ परेका छन् । उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । पक्राउ परेका गुरुङ प्लाटनिम कलेजका सञ्चालकसमेत हुन् ।
गएको मङ्सिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा अनुसन्धानपछि गुरुङको संलग्नता देखिएको थियो । सुन तस्करीमा संलग्न यो गिरोहले तस्करी गर्ने सुन विमानस्थलको अध्यागमन क्षेत्रको शौचालयमा लुकाएर कर्मचारीको संलग्नतामा बाहिर ल्याउने गरेको थियो ।
१३ फाल्गुण २०८०, सोमबार ०१:५१ मा प्रकाशित