काठमाडौं, फागुन २४
युगाण्डामा आजदेखि सुरु भएको वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आज भयको दोस्रो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई ९२ रनको लक्ष्य दिएको छ । नेपाल २० ओभरमा ९१ रनमा अल आउट भएको हो ।
नेपालका लागि सम्झना खड्काले १८ तथा कविता जोशीले १६ रन बनाए । पुजा महतोले १३ रन बनाइन् । ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् ।
आजै भएको पहिलो खेलमा युगाण्डाले हङकङलाई पराजित गरेको छ ।
२३ फाल्गुण २०८१, शनिवार ०६:२५ मा प्रकाशित