चट्याङ लागेर एक जनाको मृत्यु

Jhalkonepal

कैलाली, जेठ ७

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–९ मा चट्याङ लागेर लालसिंह विकको १५ बर्षिया छोरी ममता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

घर नजिकैको पसलबाट घर फर्किने क्रममा चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज साँझ मौषममा आएको परिवर्तनसंगै हावाहुरी र चट्याँग परेको थियो । 

प्रतिक्रिया