काठमाडौं, मंसिर ३०
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।
निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी दिएको छ।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ७ पैसा र डिजेलमा ३ रूपैयाँ १६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने पहिलेकै यथावट छ ।
शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
२९ मङ्सिर २०८०, शनिवार ०८:०९ मा प्रकाशित