एसियन गेम : क्रीकेटमा आज नेपाल र मंगोलिया खेल्दै

Jhalkonepal

हांग्जाउ (चीन), असोज १०

नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ६:४५ मा चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल सुरु हुनेछ। यो पटक नेपालले पदकको आशा पनि गरेको छ ।

नेपालले दोस्रो खेल भने आइतबार माल्दिभ्ससँग खेल्ने ।आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ।

क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । 

प्रतिक्रिया