साम्बाको कप्तानीमा लाओस नेपाल संग ९-० गोलले पराजित

Jhalkonepal

काठमाडौँ, असार १५

साम्बाको कप्तानीमा रहेको नेपाली महिला टोलीले आज लाओसलाई ९-० गोलले पराजित गरेको छ ।

एएफसी महिला एसियन कप छनोटमा आइतबार नेपालले लाओसलाई ९–० ले पराजित गरेको हो। कप्तानी सम्हालेकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लैले चार गोल गरेकी थिइन्।

साम्बाबाहेक अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक–एक गोल गरे। एक गोल भने नेपालले उपहार पाएको थियो।

नेपालका लागि आजको यो खेल १०० औँ खेल हो।

उज्वेकिस्तानमा भइरहेको  समूह चरणको पहिलो खेल लाओससँग खेलेको नेपालले दोस्रो खेल बुधबार श्रीलंका तथा अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा सहभागिताको मौका पाउनेछ।

प्रतिक्रिया