सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएकाे घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन

Jhalkonepal

काठमाडौं, साउन ९ 

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयाे  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया