काठमाडौँ,
भदाै ३०
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन
मंसिर १६ गते गर्न सिफारिस गरेको छ ।
आइतबार निर्वाचन आयुक्त दिनेश
थपलियालगायतका आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मंसिर १६ मा
उपचुनाव गर्न उपयुक्त हुने सिफारिस गरेका हुन्।
स्थानीय तहमा जिल्ला समन्वय समितिका
दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको
हो। चुनावको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ।
ओलीले सरकार उपचुनाव गराउन प्रतिबद्ध
रहेको जनाउँदै सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरे।
२९ भदौ २०८१, आईतबार ०५:४३ मा प्रकाशित