पाकिस्तान, १९ भदाै
एसिया कपकाे समुह बीकाे अन्तिम खेलमा श्रीलँका र अफगानिस्तान बिच खेल केही बेरमा शुरु हुदैछ । पाकिस्तानकाे लाहाेरमा श्रीलँकाले टस जितेर पहिले ब्याटिँग गर्ने निर्णय गरेकाे छ । समुहकाे पहिलाे खेलमा बँगलादेशलाइ हराएर श्रीलँका २ अँकका साथमा पहिलाे स्थानमा छ भने अफगानिस्तान बँगलादेशसँगकाे खेलमा हारे पछि पुछारमा छ । आजकाे खेलमा अफगानिस्तानले जित हात पारेमा समुह बीबाट सुपर ४ माजाने टाेलीकाे निर्णय रन रेटकाे आधारमा हुनेछ ।
१८ भदौ २०८०, मङ्गलबार ०३:२४ मा प्रकाशित