काठमाडौँ, जेठ १९
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै
केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ .
जल तथा मौसम विज्ञान विभागले यस वर्षको
मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न
‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै
केही दिन लाग्ने देखिएको छ ।
नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर
मिति जुन १३ रहेको छ”, भनेको छ ।
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले
निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको
उक्त सूचनामा जनाइएको छ ।
१८ जेठ २०८१, शनिवार ०४:५२ मा प्रकाशित