धनगढी, सावन ५
धनगढी उपमहानगरपालिका–४ आगलागी हुँदा ३ पसलमा क्षती भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युत तार सर्ट भइ आगो सल्के पछि विश्वप्रकाश कँडेलले सञ्चालनगरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको तीन वटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति भएको छ।आइतवार राति पौने ११ बजेतिर लागेको आगो दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो।
आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीको ४५ जनाको टोली, सहायक प्रहरी निरीक्षण सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीको २५ जनाको टोली खटेको जिल्ला प्रहरी कार्यालयका गणेश नाथले जानकारी दिए। आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाको दुई र गोदावरी नगरपालिकाको एक वटा दमकल प्रयोग गरिएको थियो। आगलागीबाट सटरमा रहेका सामान जलेर खरानी भएका छन्।