कुशल र दिपेन्द्रको आक्रमक ब्याटिंगमा नेपालले हङकङलाइ २१४ रनको लक्ष्य दियो

Jhalkonepal

सुभेष सिनाल

सुभेष सिनाल

काठमाण्डौ, कार्तिक ४

काठमाण्डांैंको मुलपानी क्रिकेट रंगशालामा चलिरहेको त्रिदेशीय टि २० क्रिकेट प्रतियोगितामा नेपालले हङकङ सामु ६ विकेट गुमाएर २१३ रनको लक्ष्य खडा गरेको  छ । 

टस जितेर पहिले ब्याटिंग गरेको नेपालले लगातार विकट गुमाए पनि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले  अर्ध सतकिय पारि खेल्दै नेपाललाइ २१३ रनको विशाल स्कोर सम्म पुगाएका हुन । दिपेन्द्र सिहं ऐरी ३४ बलमा ५७ रन बनाउदा , कुशल मल्लले ९ छक्का सहित ४० बलमा ९२ रन बनाए ।  नेपालका तर्फबाट ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भए भने आशिष सेखले २० रन बनाए । 


हङकङका, हैरोन अरसदले २, मोहमम्द गझनारले २ विकेट तथा  आयुस शुक्ला,  इयाज खानले १,१ विकेट लिए भने र लिएका थिए  ।

प्रतिक्रिया