दाङ, भदौ २६
लुम्बिनी प्रदेश सरकारले बर्षे अधिवेसन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले राती १२ बजेदेखी बर्षे अधिवेसन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।
आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सभा सचिवालको पनि अस्थायी दरबन्दी स्वीकृत गर्ने, प्रदेश लोकसेवा आयोगको कार्यालय राजधानी क्षेत्रमा स्थापना गर्न भवनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बैठले बर्दिया जिल्लामा बाढीबाट वेपत्ता भएका परिवारलाई राहत उपलब्ध गराउने, बाघ आक्रमणमा परेर मृत्यु भएका परिवारलाई एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाँकेमा भएको बस दुर्घटनामा परेर घाईते भएकाहरुको उपचारको लागी सहयोग उपलब्ध गराउने समेत निर्णय गरेको छ ।