काठमाडौं, माघ १६
नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड
सम्मिलित महिला टी-२० श्रृंखलाको ट्रफी सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित
कार्यक्रम मार्फत श्रृंखलाको ट्रफी सार्वजनिक गरिएको हो ।
तीनवटै
कप्तानले श्रृंखलाका लागि तयार रहेको बताउँदै श्रृंखला जित्ने लक्ष्य भएको उल्लेख
गरे। महिला टी-२०आई वरीयतामा दुवै टोली नेपालभन्दा माथि छन् ।
नेदरल्याण्ड्ससँग
नेपालको पहिलो अनुभव हुनेछ । नेपालमा आएर भने थाइल्याण्डले पनि पहिलोपटक खेल्न
लागेको हो ।
श्रृंखलाका
लागि इन्दु बर्माको कप्तानीमा यू-१९ विश्वकप खेलेका दुई खेलाडीसहित १५ सदस्यीय
टोलीको घोषणा भइसकेको छ ।
१५ माघ २०८१, बुधबार ०६:४८ मा प्रकाशित