काठमाडौं । इजरायलले इरानका उच्च सुरक्षा अधिकारीहरूलाई लक्षित गरी हत्या गरेको दाबी गरेको छ । इजरायली रक्षामन्त्रीले मंगलबार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएको बताएका हुन् ।
यस्तै, इजरायली सेनाले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको बासिज कमाण्डर घोलामरेजा सुलेमानीलाई मारेको दाबी गरेको छ । तर यी दुवै दाबीबारे इरानले अहिलेसम्म कुनै आधिकारिक पुष्टि वा खण्डन गरेको छैन ।
२ चैत २०८२, मङ्गलबार ०६:११ मा प्रकाशित