टाइगर कप च्याम्पियन भलिवल सम्पन्न, हेल्प नेपाललाइ उपाधी

Jhalkonepal

काठमाडौँ , माघ ६

 हेल्प नेपाल स्पोर्टस क्लब पहिलो पटक टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । दोस्रो पटक फाइनल खेलेको हेल्प नेपालले शनिबार घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विजेता बन्न सफल भएको हो ।

अघिल्ला तीन मध्ये २ पटकको विजेता गण्डकी यसपटक फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लब सँग िनरिह सावित भयाे । हेल्प नेपालले २५–१३,२५–१८, २४-२६ र २५-१७  विजयी भएको थियो ।  हेल्प नेपाल दोस्रो संस्करणको पनि फाइनलमा पुगेको थियो । त्यति बेला त्रिभुवन आर्मी क्लबसँग फाइनलमा पराजित भएको थियो ।

पहिलो र तेस्रो संस्करणको उपाधि गण्डकीले जितेको थियो । प्रतियोगिताको सबैभन्दा सफल टोली गण्डकीले यसपटक भारतका तीन खेलाडीलाई टोलीमा समेटे पनि फाइनलमा भने हेल्प नेपालको चुनौतीलाई पार गर्न सकेन। 

त्यसअघि एपिएफले टाइगर कपको महिलातर्फ उपाधिमा ह्याट्रिक गरेको थियो । चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई शनिबार फाइनलमा ३–० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा एपिएफले २५–२०,२५–१८,२५–२१ ले खेल जितेको थियो ।

महिलातर्फ आर्मी र पुरुषतर्फ एपिएफ तेस्रो भएको थियो । आर्मीले शुक्रबार नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो । एपिएफले शनिबार श्रीलंका आर्मीलाई ३–० ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । माघ १ गते देखि सन्चालित प्रतियोगिता दुबैतर्फ १÷१ विदेशीसहित समान ६ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया