सोलुमा मोटरसाइकलसहित मान्छे बगायो, एकजनाको घटनास्थलमै मृत्यु

Jhalkonepal

सोलुखुम्बु, असार २५ 

सोलुखुम्बुमा हिजो बेलुकी परेको भारी वर्षाका कारण आएको भलले मोटरसाइकल सहित मानिस बगाउँदा घटनास्थलमै ज्यान गएको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ खत्रीगाउँमा हिजो बेलुकी परेको पानीको भलले मोटरसाइकलसहित मान्छे बगाउँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका ८ अम्रासका अन्दाजी ३८ वर्षीय मिङ्मार तामाङ रहेका नेलेका वडाध्यक्ष घनराज सुनुवारले बताए ।

 वडाध्यक्ष सुनुवारका अनुसार मंगलबार नेले हाटबाट घर फर्किने क्रममा नेले-देउसा सडक खण्डमा पर्ने खत्रीगाउँ स्थित हर्कटे खोलामा अविरल वर्षातसँगै आएको भलले मान्छेसहित मोटरसाइकल बगाएको हो । 

मोटरसाइकललाई स्थानीयले सडकबाट करिब २५ मिटर तल फेला पारेका थिए भने तामाङको शव अन्दाजी ३०० मिटर तल फेला परेको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो । 

शव पोष्टमार्टमका लागि थुलुङ दुधकोशी अस्पताल मुक्ली पठाइएको छ । तामाङ नेलेमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया