आईपीएल २०२५: मुम्बईले क्वालिफायर-२ मा बनायो स्थान, गुजरात प्रतियोगिता बाट बाहिरियो

Jhalkonepal

काठमाण्डौ, जेठ १७

 मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएको छ ।

जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो ।

एलिमिनेटर म्याचमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार फाइनल प्रवेशका लागि पञ्जाब किङ्ससँग खेल्नेछ।

मुम्बईले नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको थियो। टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनायो।

जवाफी इनिङमा गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। 

प्रतिक्रिया