सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, आज कति बढ्यो

Jhalkonepal

काठमाडौँ, माघ २४

केही दिनयता सुनचाँदीको मूल्य वृद्धि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज पनि स्थानीय बजारमा सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।  महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।    

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो 

प्रतिक्रिया