काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २३ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
१ भदौ २०८२, सोमबार १२:११ मा प्रकाशित