युवा दिवसमा अवसर र चुनौतीको बहसः राजनीतिमा युवा महिला सहभागिता कसरी होला सहज?

Jhalkonepal


काठमाडौं साउन २७

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सुनसरीको इटहरीमा राजनीतिमा युवा महिला सहभागिता : अवसर र चुनौतीविषयक छलफल सम्पन्न भएको छ।

युवा विकास केन्द्र, महिला पुनःस्थापना केन्द्र ओरेक , तरंगिनी फाउण्डेसन , इटहरी नगर महिला सञ्जाल, लेडी जेसीज इटहरीको संयुक्त आयोजनामा छलफल सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले  प्रदेश सभामार्फत आफूले महिला तथा युवाहरुकाे विषय उजागर गर्दै आएकाे बताउनु भयो । महिलब पुरूषलाइ संगै दौडाउने होइन पहिला संगै दौडिने बाटो र समान अवसर सिर्जना गर्ने अनि मात्रै महिला सहभागिता सुनिश्चित गर्न सकिन्छ ।

महिलाहरु पुरुषभन्दा निकै पछि छन् त्यसैले महिलालाई पुरुष संगै  समानताको भन्दा पनि समाताकाे  दौड हुनुपर्छ ।

उँहाले महिलाले घरको नेतृत्व लिँदै राजनीतिमा समेत अग्रसर हुनुपर्ने अवस्था रहेको भनाइ राख्नु भयो ।

कार्यक्रममा वक्ताहरूले राजनीतिक क्षेत्रमा महिलाको संख्यात्मक मात्र नभई गुणात्मक सहभागिता आवश्यक रहेको, पितृसत्तात्मक सोच, सामाजिक, राजनीतिक र शैक्षिक अवरोधहरू हटाउन पहल जरुरी रहेको लगायत विषयमा विचार प्रस्तुत गरे।

कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, सामाजिक र राजनीतिक अगुवा गरी ५५ जनाको सहभागिता रहेको थियो। विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हुने प्रलोभनपूर्ण गतिविधिको प्रभाव, सहि राजनीतिक प्रशिक्षणको आवश्यकता र सैद्धान्तिक राजनीतिक सचेतना प्राप्त गर्ने उपायलगायत विषयमा प्रश्न राखेका थिए।


वक्तामध्ये अधिवक्ता तथा ओरेक नेपाल प्रदेश संयोजक शोभा बजागाई, राजनीतिकर्मी तथा साहित्यकार मनु मञ्जिल, प्राध्यापक तथा पूर्व इटहरी लेडी जेसीज अध्यक्ष भेषजा काफ्ले र विद्यार्थी नेता चन्द्र किरातीले आफ्नो धारणा राखेका थिए।

 

प्रतिक्रिया