धनगढी, पौष ९
सुदूरपश्चिममा दलित समुदायको हक, हित र सामाजिक न्यायका लागि काम गर्ने संघसंस्थाहरूको सहकार्यमा आयोजना गरिएको ‘दलित सामाजिक मञ्चको’ आज उद्घाटन गरिएको छ । मञ्चको सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा दलित समुदायका मुद्दाहरू कसरी प्रभावकारी ढंगले उठान गर्ने र आगामी दिनमा राज्यका हरेक संरचनामा दलितहरूको अर्थपूर्ण पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल हुनेछ । कार्यक्रममा दलित समुदायको अधिकार र सशक्तीकरणका लागि भावी रणनीतिहरूमा समेत व्यापक छलफल हुने बताइएको छ ।
८ पुस २०८१, मङ्गलबार ०६:०७ मा प्रकाशित