कैलाली, माघ १६
सुदूरपश्चिम प्रदेशमा घरजग्गा रजिष्ट्रेशनमा गिरावट आएको छ। अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा गत आर्थिक वर्ष २०७९र८० मा घरजग्गा रजिष्टेशनमा गिरावट आएको हो। प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा घरजग्गा रजिष्ट्रेशन संख्या ३० दशमलव शून्य ६ प्रतिशतले घटेको छ।
सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन संख्यामा ह्रास आएको छ। बाजुरा बाहेक अन्य सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन राजश्वमा समेत ह्रास आएको हो। समीक्षा वर्षमा कैलाली जिल्लामा सबैभन्दा बढी १६ सय ३३ वटा घररभवन नक्सा पास भएका छन्। बाजुरा, डडेलधुरा र दार्चुलामा घररभवन नक्सा पास भएको छैन। तर आर्थिक वर्ष २०७९र८० मा आर्थिक गतिविधिहरु बढ्नुका साथै पहाडी जिल्लाहरुमा कर्जा लगायत बैंकिङ्ग प्रयोजनका लागि घरनक्सा पास गर्ने प्रचलन बढेका कारण नक्सा पास संख्यामा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष सो संख्या ९ दशमलव ७१ प्रतिशतले बढेको थियो। त्यस्तै घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ५४ दशमलव शून्य दशमलव १ प्रतिशतले ह्रास भएर ६७ करोड ९० लाख भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा यस्तो राजस्व संकलन १८ दशमलव ४३ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा घररभवन नक्सा पास संख्या ६ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ।गत वर्षको सोही अवधिमा घररभवन नक्सा पास संख्या २ दशमलव ३६ प्रतिशतले घटेको थियो।