पाँचथर बम विस्फोटमा परी घाइते भएका दुई बालकको सरकारले निःशुल्क उपचार गर्ने

Jhalkonepal

काठमाडौं, भदौ २५

बम विस्फोटमा परी घाइते भएका फालेलुङ ५ डाँडागाँउका दुई जना बालकको उपचार सरकारले गर्ने भएको छ ।
पाँचथरमा भएको बम विस्फोटमा परी ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राई घाइते छन् । उनीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए ।पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

डाँडागाउँमा यही भदौ १३ गते ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५/५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

 

प्रतिक्रिया