दुर्घटना अपडेट: २४२ यात्रुमध्ये एक जना मात्र बाँच्न सफल

Jhalkonepal

काठमाडौं,जेठ ३०

भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको एयर इन्डियाले जनाएको छ । 

एकजना भने बाँच्न सफल भएको र उनको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा बाच्न सफल यात्रु भारतीय मूलका ब्रिटिश नागरिक भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्य १२ जनासहित २४२ जना यात्रा गरिरहेका थिए । एयर इन्डियाका अनुसार विमानमा १६९ भारतीय, ५३ ब्रिटिश, सात पोर्चुगिज र एक क्यानेडेली नागरिक थिए । 

 

प्रतिक्रिया