अभिनेत्री निरूता सिंहले कसिन लगनगाँठो

Jhalkonepal

काठमाण्डौ, भदौ १६

अभिनेत्री निरूता सिंहले मुम्बईका सञ्जीव गुलाटीसँग विवाह गरेकी छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन्।

दार्जिलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन्। दर्पण छाया, सिउँदोको सन्दुर, ठूल्दाइ, नाइँ नभन्नू ल ५ उनका हिट फिल्म हुन्।

प्रतिक्रिया