तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल सामु २३३ रनको लक्ष्य

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, माघ २९


काठमाण्डौमा जारि नेपाल र क्यानडा विचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले २३३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको नेपालले नियमित फास्ट बलर सोमपाल कामीलाई विश्राम दिएको खेलमा नेपाली बलरहरुले क्यानडालाई २३२ रन सिमित पार्यो । यस क्रममा नेपालले क्यानडाका ८ विकेट हात पार्यो । क्यानडाका ओपनर नवनित धारीवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए । यस्तै श्रीमन्था विजयरत्नेले २२, हरिस ठक्करले २९, श्रेयस मोभाले २५ र सादविन जाफरले ३१ रन बनाए । 

नेपालका लागि वन डे क्रिकेटमा डेब्यु गरेका हेमन्त धामीले ३ विकेट लिए । यस्तै कुशल मल्ले २ तथा आकास चन्द र ललित राजबंशीले १,१ विकेट लिए । 


प्रतिक्रिया