एसियाली खेलकुद क्रिकेटमामा नेपालले मंगोलियालाई २७३ रनले पराजित गर्यो

Jhalkonepal

हांग्जाउ (चीन), असोज १०

एसियाली खेलकुदमा अन्तरगत क्रिकेटमा समुह चरणको खेलमा नेपालले मंगोलियालाइ२७३ रनले पराजित गरेको छ । ३१५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मंगोलिया १३ औ ओभरमा ४१ रनमा अलआउट भयो । नेपाली बलरहरु करन केसी, अविनास बोहरा र संदिप लामिछानेले २,२ बिकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले १,१ विकेट लिए पछि नेपालले सहज जित हात पारेको हो । मंगोलियाका ब्याटर देवासुरेन जयसुरेनले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहरो अंकमा रन बनाउन सकेनन । मंगोलियाका ५ जना ब्याटर शुन्यमा आउट भएका थिए ।  मंगोलियाले बनाएको ४१ रनमा २३ रन नेपालले अतिरिक्त रनको रुपमा दिएको थियो । 

यस अघि नेपालले मंगोलियालाइ ३१५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले बलिंग गरेको मंगोलियाका बलरहरु नेपाली ब्याटरको अगाडि निरिह सावित भएपछि नेपालले विशाल चुनौति पेश गरेको हो । निर्धारित २० ओभरको खेलमा नेपालले ३ विकेट गुमाएर ३१४ रन बनाएको हो । नेपालको तर्फबाट कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौकाको मद्धतमा १३७ रन बनाएका थिए । यसै गरि दिपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा ५२ रन बनाए । कप्तान रोहित पौडेलले पनि २७ बलमा अर्धसकतिय पारि खेल्दै ६१ रन बनाएका छन । 

क्रिकेटमा पहिलो पटक अन्तरराष्ट्रिय स्तरमा खेल्न लागेको मंगोलियाले जितको लागि २० ओभरमा ३१५ रन बनाउनु पर्नेछ । नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ। माल्दिभ्सले पनि दोस्रो रोजाइको टिम एसियाली खेलकुदमा पठाएको र नेपाल भन्दा तल्लो बरियतामा रहेको २ जित सहित नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने बलिया सम्भावना छ ।

क्रिकेटमा यो पटक नेपालले पदक ल्याउने आशा गरिएको छ ।  


प्रतिक्रिया